एजेन्सी | भदौ २८, २०७८ सोमबार

चर्चित रहेका हलिउड फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न चलचित्रमा देखिने भएकी छन् ।आफ्ना आमा बुबाको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी छन् । यो निर्णयमा आफ्ना आमा बुबा तथा हुनेवाला पतिले समेत समर्थन रहेको उनले बताएकी छन् ।

आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने उनले बताएकी छन् ।चर्चित पत्रिका ‘द सन’ लाई अन्तरवार्ता दिंदै उनले आफू दिन दिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकाले यो निर्णयमा पुगेको बताएकी छन् ।

मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिङ्कन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता रहेका  उनीसँग करिब २।१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको जनाईएको छ ।