प्राइम खबर संबाददाता | असोज १२, २०७८ मंगलबार

रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाद्वारा चन्द्रनिगाहपुर स्थित एक जिम क्लबको उद्घाटन गरेका छन् ।
सांसद तिमल्सिनाले जिल्लाको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगहपुरमा रहेको म्युजिकल जिम क्लबको मंगलबार औपचारिक रूपमा उद्घाटन गरेका हुन् । 
जिम, व्यायम ले शरीरलाई स्वस्थ राख्न एबम् सन्तुलित शरीर बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने हुँदा  आफ्नो उमेर अनुसारको नियमित व्यायम र कसरत गर्दा शरीर स्वस्थ्य र सुगठित हुने सांसद तिमल्सिनाको भनाइ रहेको छ ।
म्युजिकल जिम क्लवले सहुलियत र आधुनिक प्रविधिको प्रयोगबाट दक्ष प्रसिक्षकबाट जिम क्लबमा जिम गर्न जाने हरुको लागि राम्रो प्रशिक्षण दिने उद्देश्यले स्थापना गरिएको सो क्लबका  सञ्चालकले बताएका छन् ।
 उद्घाटनको क्रममा सांसद तिमल्सिनाले उक्त जिम क्लबको अनुगमन र निरीक्षण समेत गरेका छन् आधुनिक किसिमको फिटनेस सामग्री तथा उपकरणको अवलोकन गर्दै ढक पनि उचालेका हुन् । 
संघीय सांसद देवप्रसाद तिमल्सिनाको प्रमुख आथित्यमा सम्पन्न उद्घाटन कार्यक्रमममा  प्रदेश संसद धन लाल ठोकर, नेपाली कांग्रेसका नेता मुकेश गिरी,नवराज देवकोटा,नेत्र कुशवार, लगायतका कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको युवा नेता कल्याण कार्कीले बताएका छन् ।