प्राइम खबर संबाददाता | मंसिर ५, २०७८ आइतबार

            मुक्तक
                १

आजकाल मेरो मन रित्तो भएछ
सारा जिन्दगी नै मेरो धितो भएछ 
नहट्ने भो तिम्रो याद, मुटुबाट
साला यो माया पनि लुतो हुने भयो ।
                २
पक्कै म मायाको रापमा छु
यो धर्म हो कि खै पापमा छु
तिमी आफै निकास देउ सानु
मर्ने कि बाँच्ने म त धरापमा छु ।
              ३
पहिला मायाको गंगा बनायर गयौ
यति हैन फुरूङ चंगा बनायर गयौ
जब लुट्यो मेरो बैँस अनि पैसा सबै
अहिले मलाई सब नङगा बनायर गयौ ।

               ४
मन पर्छ भनी पागल बनाई गई
चिल्लो दल्ने मलाई आयल बनाई गई
तब दिलमा बसी मन्त्री बनाई दिए
अहिले अर्कै पार्टी मलाई घायल बनाई गई ।
              ५
मैले नयाँ हैन जुना लाउन जानेको छु
सीप छ केही दुना लाउन जानेको छु
मलाई छोडि जाने हौ बैगुनी तिमी
हेरि राख मैले नि चुना लाउन जानेको छु ।

दिपक संगम विश्वकर्मा (टीकापुर ,कैलाली )