प्राइम खबर संबाददाता | मंसिर ७, २०७८ मंगलबार

रौतहट जिल्लाको गौर चन्द्रनिगापुर  सडक खण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई  मोटरसाईकल एक आपसमा ठोकिंदा एकजनाको घटना स्थल मै मृत्यु भएको छ । र सो घटनामा परी दुई जना घाईते  भएका छन् ।
 दुर्घटनामा परी मृत्यु हुनेमा चन्द्रपुर वडा नंबर ९ का महादेव साह कानुको २५ बर्षिय छोरा रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका  प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।  घाइते हुनेमा गुजरा नगरपालिका घर भएका  मनोज चौधरी र बृन्दावन ७ बस्ने कान्ती देवी चौधरी रहेको प्रहरीले जनाएको छ  ।  
दुर्घटना भएका दुवै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  । गए  राति पौने एक बजेको समयमा बैजनाथपुरको चोकमा  ना ५३ प ६११२ र बिपरित दिशातर्फ बाट आईरहेको ना ४३ प ६२४३ मोटरसाईकल एक आपसमा ठोकिंदा सो घटना भएको र दुर्घटनाका घाइते दुवैजनाको थप उपचारको लागि  राति नै बिरगंज लगिएको प्रहरीले जनाएको छ ।