प्राइम खबर संबाददाता | पुस १, २०७८ बिहिबार

 

                गजल



तिम्रो दूध को धारा तिर्नु पर्छ आमा
दुस् ख लाई संघर्षले चिर्नु पर्छ आमा

खाडि मुलेक प‌ैषा को रूख न सम्झनु
चालीस डिग्री घाम तल छिर्नु पर्छ आमा

सानै देखि मलाई पढायर ज्ञानी बनाई दियौ
भाग्य रेखा आफ्नो आफै कोर्नु पर्छ आमा 

बच्पन देखि झुपडीमा हुर्कि आय हामि
सपना को सानो महल जोर्नु पर्छ आमा

मनै त हो कति दिन दुखाई बस्छौ तिमी
अब त खुसि का  दिन  हेर्नू पर्छ आमा 

धेरै त हामी देखि डाहा गर्छन  थाछ मलाई
दुस्मन लाई नि नजर बाट झार्नु पर्छ आमा 

यो समाजको गतिविधि  ठिक लागेन है
विकृति लाई यता बाट फाल्नु पर्छ आमा

अझै पनि छोरिहरू शिक्षा पाकि छैन्न
छोराछोरी संगै स्कुल लानु पर्छ आमा

शिक्षा दिने तिमी पहिलो गुरूआमा तिमी
अन्धकार लाई उज्यालो पार्नु पर्छ आमा

                दिपक संगम विश्वकर्मा टीकापुर,कैलाली