प्राइम खबर संबाददाता | माघ २५, २०७७ आइतबार

रौतहटको गुजरा नगरपालिका वडा २ स्थित  मैरा नजिकको लामहा खोलाको पुलमा पछिल्लो केही दिनदेखि अनौठो किसिमको सर्पको जोडी हेर्नेहरुको दैनिक भिड लागि रहेको छ ।
 गुजरा २ स्थित सो खोलाको  पुरानो भत्किएको पुल वरपर छेउमा सर्प हेर्नेहरुको ठूलो संख्यामा भिडभाड देखिएको हो । अहिले गुजारा लगायत जिल्लाको टाढा टाढा बाट मानिसहरु समेत उक्त सर्पलाई  नागदेवता भन्दै कालो रंगको एक जोडी सर्प  हेर्न आउने गरेका छन् ।


सर्प प्राय सधैंजसो एकै समयमा दिउँसो ठीक १२ बजेको समयमा निस्कने प्रत्यक्ष दर्शीहरु बताउछन ।  उक्त सर्पको दर्शन गर्न आउने अधिकांसले सो सर्प निस्कने स्थान नजिक धूप बत्ती गरेर पूजाआजा समेत गर्ने गरेको छन्  । सो स्थलमा मानिसहरूको बढ्दो चहल पहलसंगै स्थानीय धार्मिक पर्यटन बढेको र सो क्षेत्रमा नागको पूजा गरेर मन्दिर निर्माण गरिनुपर्ने नाग को दर्शनको लागि पुगेका अधिकांसको धारणा रहेको  वडा २ का अध्यक्ष अशोक कुमार खा: थारुले  बताएका छन ।