एजेन्सी | पुस ११, २०७८ आइतबार

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए ।इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन ।



बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र बालबालिका थिए । बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ । एजेन्सी