प्राइम खबर संबाददाता | पुस १७, २०७८ शनिबार

              गजल
   सपनिमा देख्ने गरेको छु

तिम्रो रूपले मन सेक्ने गरेको छु
सपनीमा उनिलाई देख्ने गरेको छु ।



जब तिम्रो मायाको जालोमा परे देखी
सोही दिनदेखि नै गजल लेख्ने गरेकोछु । 

उनको तस्बिर दिलबाट नहट्ने नै भयो
त्यसैले त राति सपनिमा आउने  गरेको छु । 

म तिम्रो मायामा यति फिदा भइसकेछु 
किताब छोडि तिम्रै तस्बिर बोक्ने गरेकोछु ।

 तिमी विना एक पल म बाँच्न सक्दिन
राती राति मैले तिमिलाई नै बोलाउने गरेकोछु ।

तिमी संगै एक दिन पनि स्कुल जान नपाउँदा
जुनलाई सम्झी  अधेरीमा टोलाउने पो गरेको छु ।

एकपल तिमी संगै खेल्न नपाउँदा 
बिस्तारामा  सिरानीसंग खेल्ने गरेको छु ।


                        दिपक संगम विश्वकर्मा 
                       टीकापुर ,कैलाली नेपाल