प्राइम खबर संबाददाता | माघ २९, २०७७ बिहिबार

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गर्दै रौतहटमा विरोध प्रर्दशन भएको छ । 
 बिहीबार  मेचि महाकालि संयुक्त बुहारी आवाज नामक गैह्रसरकारी संस्थाले  बिरोध गरेको हो । सो संस्थाको प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सीनाको नेतृत्वमा सयौंको सख्यामा विद्यार्थी लगायत आम नागरिकहरु  बिरोध प्रदर्शनमा उत्रिएका  छन् । 




चन्द्रनिगाहपुरको पूर्व पश्चिम राजमार्ग बाट बिभिन्न नाराको प्लेकार्ड बोकेर निकालिएका बिरोध ¥यालि सहरको बिभिन्न ठाउको परिक्रमा गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी आएर  कोण सभामा परिणत भएको थियो । 
   आफूहरुले  बिरोध कार्यक्रम गर्दै गर्दा  चन्द्रनिगाहपुरका स्थानियले सहयोग तथा साथ नदिएको संयोजक संयोजक तिमिल्सीनाले गुनासो व्यक्त गरेकी छिन् ।  चेलीबेटी  जहांको भएपनि हिंसा तथा अन्यायमा पर्दा सबै नेपाली वासिले न्यायको लागी लडनु पर्ने उनको भनाई रहेको छ । भागरथी भट्ट पश्चिम नेपालकी चेलि हुन तर हाम्रै नेपाल आमा की छोरी हुन् हामी न्याको निम्ति के पूर्व के पश्चिम एक हुनुपर्छ ‘’ भन्ने उनको भनाइ रहेको थियो ।   



संयोजक तिमिल्सीना भन्छिन् '', नेपाली बुहारी वा छोरीमाथि अन्याय भए हामी चुप लगेर बस्ने अवस्थामा छैनौं पीडित लाई न्याय दिलाउन सशक्त आवाज उठाउन हरदम तत्पर छौं '' ।

सो बिरोध ¥यालिमा मेचि महाकालि संयुक्त बुहारी आवाज  रौतहटका संयोजक  अनिता घिमिरे,  रत्ना चौधरी, सचिव गोमा राई, सदस्य बिमला रावल लगायतका पदाधिकारीहरुको सहभागीता रहेको कार्यक्रममा  मेचि महाकालि संयुक्त बुहारी आवाज  बाराका कार्यसमिति का पदाधिकारीहरु  साबित्री बराल, सदस्य शान्ती लामा, रत्न बर्तौला र सरिता देवकोटा समेत उपस्थित   हुँदा छिमेकी जिल्ला सर्लाहीबाट समेत सो संस्थाका निशा ठकुरी अन्जना कडरिया, रमा काफ्ले सदस्य गिता राउत, गंगा देवी भन्डारी, अन्जना नेपाल लगायत महिला अधिकारकर्मीहरूको सहभागिता रहेको प्रदेश संयोजक पूजा पाठक तिमल्सिनाले जानकारी दिएका हुन्  ।