प्राइम खबर संबाददाता | माघ ३०, २०७७ शुक्रबार

काठमाडौं- सामाजिक सेवामा समर्पित रहेर  छुट्टै पहिचान बनाइसकेकी  नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोक स्थित  झ्याँडीमा निर्माण भइरहेको एकीकृत माँझी बस्तीको बारेमा आएका तथ्यहिन समाचारहरु भ्रामक भएको बताएकी छिन् ।
शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै समाजसेवी नायीका खड्काले माझी बस्तीका केही व्यक्तिहरूसँग लिएको अन्तरवार्ता लाई तोडमोड  गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सूचना सम्प्रेषण गरेकोप्रति विरोध गर्दै  गलत र तथ्यहीन समाचारको खण्डनसमेत गरेकी छिन्  
खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएकी छिन् ।




‘मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रिया पाइरहेकी छु । तर, जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु,’ उनले भनेकी छिन् ।
खड्का भन्छिन ‘यथार्थ के हो भन्ने बारेमा म सबै सामु स्पष्ट पार्न चाहन्छु,’ , ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन ।’ गलत आरोप र दुष्प्रचार गर्न खोज्नेहरु समाजका धमिराहरू हुन भन्दै तथ्य रहित कुराको पछि नलाग्न नायीका खड्काको आग्रह समेत रहेको छ ।