प्राइम खबर संबाददाता | फागुन २७, २०७८ शुक्रबार

रोल्पा आठौं अधिवेशनबाट उद्योग वाणिज्य संघको अध्यक्ष पदमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । आचार्यले प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई जम्मा ३ मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।निर्वाचन अधिकृत तुलसी जि .सी.का अनुसार आचार्यले ४३७ मत प्राप्त गर्दैगर्दा सुवेदीले भने ४३४ मत प्राप्त गरेका थिए ।

 एक हजार २१८ मतदाता रहेको संघको निर्वाचनमा ९८५ मत खसेको थियो ।  मंगलबार भएको मतदानको परिणाम भने राति मात्र घोषणा भएको थियो । सदस्यहरुमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा निर्वाचित भएका छन् । संघको दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।



गत माघ ४ गते हुने भनिएको  भएको निर्वाचन भएतापनि त्यसताका कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम कायम रहेको कारण स्थगीत भएको थियो ।