प्राइम खबर संबाददाता | फागुन १, २०७७ शनिबार
रामेछाप स्थित रामेछाप नगरपालिकाले आफ्नो नगरपालिका भित्र दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यले सबै किसानले पालेको भैसी र गाई सुत्केरी हुँदा एक हजारको दरले सुत्केरी भत्ता बितरण गर्ने भएको छ ।
नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने र उन्नत जातका बाच्छाबाच्छी उत्पादन गर्न शुरुमा पशुपालक किसानहरुलाई नै प्रोत्साहन गर्नुपर्ने भएकाले नगरपालिकाले यो अभियान संचालन गरेको रामेछाप नगरपालिका पशु सेवा शाखाका प्राविधिक बिजय श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार “ किसानहरुले पालेको सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन पालिकाले दिएको रकम प्रभावकारी हुनसक्छ ।“ भन्ने उनको बुझाइ रहेको छ ।
किसानहरुले सुत्केरी भत्ता लिन नगरपालिकामा आउँदा अनिवार्य रुपमा सम्वन्धित वडा कार्यालयको सिफारिस–पत्र, सुत्केरी भएको भैसी, गाईले पाएको पाडा–पाडी र बाच्छाबाच्छीको फोटो सहित निवेदन दिनु पर्ने छ ।
किसानले दिएको फोटो सहितको निवेदनका आधारमा सुत्केरी भत्ता प्रदान गरिने रामेछाप नगरपालिकाले जनाएको छ ।