प्राइम खबर संबाददाता | चैत ८, २०७८ मंगलबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित होटल एएन प्लाजामा जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गतको कार्यक्रमको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार युरोपियन युनियन र अक्सफार्म इन नेपालको आर्थिक सहयोग तथा आरडिसी नेपालको आयोजनामा भएको कार्यक्रममा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र बाल क्लव, युवा क्लव, किशोरी समुह,कृषी सहकारी संस्था, कृषी समुह तथा सामुदायिक बन उपभोक्ता समिती लगायत समूहको सहभागिता रहेको थियो ।
कार्यक्रमममा उक्त परियोजनाको क्रियाकलाप तथा खर्चको विवरणहरू बारे सहभागीलाई जानकारी गराईएको थियो । सामाजिक लेखापरीक्षण चित्त बुझ्दो नभएको र स्थानीय तह र पालिकाको तहगत खर्चको विवरण बारे कार्यक्रमममा सहभागीले प्रश्न उठाएका थिए ।
सहभागीले उठाएको प्रश्नबारे जवाफ दिन कार्यक्रमका सहजकर्ताहरुलाई हम्मे हम्मे नै परेको थियो । चन्द्रपुर नगरपालिकाको उप प्रमुख राम रती चौधरीले यस्ता खालका कार्यक्रम सामुदायीक स्तरमा आवश्यक भएको भएतापनि कार्यक्रम प्रभावकारी र दीर्घकालीन योजना का साथ हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी छिन् । २५ जनाको सहभागिता रहेको उक्त कार्यक्रम ज्योति फुँयाल र बहादुर खत्रीले सहजिकरण गरेका थिए ।