प्राइम खबर संबाददाता | चैत २३, २०७८ बुधबार

नेपाली काँग्रेस चन्द्रपुर नगरपालिका वडा नं ६ का सभापति नेत्र कुस्वारले वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

लामो समय देखी कम्युनिस्टले जनताको नाममा धेरै भ्रष्टाचार गरेको आरोप लगाउदै कुस्वारले वास्तविक जनप्रतिनिधि के हो भनेर प्रमाणित गर्न र वडामा बिकासको काम गरेर देखाउन आफुले अध्यक्षको उम्मेदवारी घोषणा गरेको बताएका छन् ।



युवा नेता कुस्वारले जनताकोसेवामा लाग्दै वडा नम्बर ६ मा बिकास र समृद्धीको लहर ल्याउन  वडाअध्यक्षमा निर्वाचित भएर जनसेवामा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्  । कांग्रेसले दिएको आट र साहस लाई एक इन्च तलमाथि नगरीकन जनताको सेवा र वडाको समग्र बिकासमा लागिरहने र पार्टी लाई थप उत्साहित बनाउने नेता कुस्वारको  दावी छ ।


कम्युनिस्टले जनता माथि गरेको अन्याय र अत्याचार सबैको अन्त्य गर्दै युवा शक्तिको माग र इच्छालाई सम्बोधन गर्न आफुले उमेरद्वारी घोषणा गरेको उनको भनाइ छ । वडामा अन्य नेताहरुले टिकटको लागी गरेको दाबीलाई लोकतान्त्रिक अभ्यासको उदाहरण भएको बताउदै वडा नं. ६ को अध्यक्षमा आकांक्षीहरु मध्येको सबैभन्दा बलियो र लोकप्रिय उम्मेदवार आफू रहेको दाबी गर्दै निर्बाचनमा पार्टी नेतृत्वले आफैलाई टिकट दिनेकुरामा आफू बिस्वस्त रहेको बताए ।