एजेन्सी | चैत २७, २०७८ आइतबार

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन् । प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा १७४ जना सदस्यले मतदान गरेपछि पदमुक्त भएका हुन् । इमरान खानको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि प्रतिपक्षी दलका नेताहरू सर्वोच्च अदालत गएका थिए। प्रधानमन्त्री इमरानविरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो।