प्राइम खबर संबाददाता | बैशाख २४, २०७९ शनिबार

नेपाली कांग्रेसका लोकप्रिय नेता एवम् रौतहट क्षेत्र नंबर ४ का संघीय सांसद देव प्रसाद तिमल्सिनाले कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. ६ मा शुक्रबार आयोजित चुनावी कार्यक्रमका क्रममा सांसद तिमल्सिनाले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरे ।  कांग्रेसको  राम्रो माहौल रहेको वडा नंबर ६ का उम्मेदवार नेत्र कुस्वारलाई विपक्षीको भन्दा दोब्बर मतान्तरले विजयी गराउन  सांसद तिमल्सिनाले वडा नंबर ६ का  मतदाता संग आग्रह गरेका छन् । उनले सातै छाप रुख चिन्हमा मतदान गरी पार्टीका सम्पूर्ण उम्मेदवारलाई मतदान गर्न मतदातासँग आग्रह समेत गरेका छन् ।



उनले स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेताहरूलाई उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

कांग्रेसको तर्फबाट चन्द्रपुर नगरपालिकाको मेयरमा सञ्जय कुमार काफ्ले, उप–मेयरमा जयमला चौधरीले उम्मेदवारी दिएका छन् ।

वडा नं. ६ को वडाध्यक्षमा कांग्रेसले लोकप्रिय नेताको रूपमा छवि बनाएका नेत्र कुस्वारलाई टिकट दिएको छ । कुस्वारले आफूसहित मेयर, उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।