प्राइम खबर संबाददाता | बैशाख २७, २०७९ मंगलबार

नेकपा माओबादी केन्द्रबाट चन्द्रपुर नगरपालिकाको उपप्रमुख पदका उमेदवार देबकी नेपालले समाजमा सुशासन कायम गर्नको लागी आफुले उमेदवारी दर्ता गराएको बताएकी छन्।

 माओबादी केन्द्रले माओबादीको मधेश प्रदेश सदस्य समेत रहेकी नेपाललाइ उपप्रमुखको उम्मेदवार बनाई चुनावी मैदानमा उतारेको हो ।



नेपालले आफुले नगर उपप्रमुखमा निवार्चित भएपछि कुशलताका साथ जिम्मेबारीको भुमिका निर्वाह गर्ने बताउंदै उनले यस पटकको निर्वाचनमा मतदाताहरुले आफनो अमुल्य मत दिएर आफुलाइ बिजयी गराउने बिश्वास गरेकी छन् ।

घर दैलोको क्रममा आफुले नगरबासीको माया पाएकोले पनि यस निर्वाचनमा आफु बिजयी हुनेमा ढुक्क रहेको नेता नेपालले बताइन् ।

उप प्रमुखको जिम्मेवारी, दायित्व,काम, कर्तव्य र अधिकार को बारेमा आफू जानकार भएको र आफुले राम्रो संग बुझेकोले गर्दा पनि आम मतदाताहरुले यस पटकको निर्वाचनमा अत्यधिक मतले बिजयी गराउने आफुलाइ बिश्वास रहेको उप प्रमुख उमेदवार नेपालको दाबी रहेको छ ।

महिला अधिकाकर्मीको रूपमा दशकौ बिताएकी नेपाल सामाजिक काम र संघ संस्था सँग आबद्ध भएर पनि विभिन्न सामाजिक कार्य गर्दै आएकी हुँदा उनको जीत सुनिश्चित भएको चन्द्रपुर ४ का नाबिन कोइराला बताउँछन् ।