प्राइम खबर संबाददाता | बैशाख ३१, २०७९ शनिबार

रौतहटको चन्द्रपुर नगरपालिकामा वडा नं एक बाट मतगणना जारी रहेको छ । सो वडामा नेपाली कांगेसले अग्रता कायम गरेको छ । नेपाली काग्रेसले प्यानल भोटमा अग्रता ल्याएको छ । सो वडामा नेकपा एकीकत समाजवादी दोस्रो , माओवादी तेस्रो र नेकपा एमाले चौथो नम्बरमा रहेको छ । सो वडामा नेपाली कांग्रेका उम्मेदवार बलराम राउत विजयको नजिक पुगेका छन् । वडा नम्बर एकको अन्तिम नतिजा आउन एक घण्टा अझै लाग्ने श्रोतले बताएको छ ।