न्यूज डेस्क | चैत १६, २०८० शुक्रबार

रौतहटमा लागु औषध गाँजा सहित एकजना मानिस पक्राउ परेका छन् । शुक्रबार जिल्लाको  फतुवाबिजयपुर नगरपालिका वडा नं. ११ भैसही टोल बस्ने प्रमेश्वर हजराको छोरा बर्ष ६३ को दयालाल पैसवानले आफ्नो घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र दुधिअवा प्रहरी चौकीबाट गएको संयुक्त प्रहरी टोलीले पैसवानको घर खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा बरामद भएको रौतहट प्रहरीले जनाएको छ । बरामद गाजाको परिमाण १७ किलो ५०० ग्राम रहेको बताईएको छ ।  उक्त परिमाणको  लागु औषध गाँजा सहित पैसवानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहटमा राखि लागु औषध सम्बन्धि कसूर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी रौतहटले जनाएको छ।