प्राइम खबर संबाददाता | साउन ९, २०७९ सोमबार
विवाहपछि छोरी पहिलोपटक माइत आएकी थिइन, छोरीको स्वागत हप्तादिनसम्म चल्यो । हप्ताभरमा छोरीलाई जे मनपर्छ त्यो खुवाउने दिने कार्यक्रम चलिरह्यो ।
जब छोरी फर्किएर आफ्नो घर जान लागिन तब बुबाले छोरीलाई एउटा अगरबत्तीको प्याकेट दिनुभयो ।
आमाले भन्नुभयो: 'छोरी पहिलोपटक माइतीघरबाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन् ।' तब हत्तपत्त बुबाले गोजीमा हात हाले र गोजिमा भएको सबै पैसा छोरीको हातमा थमाइदिए।
घरमा पुग्ने बित्तिकै सासुआमाले बुहारीलाई सोधिन: 'आमाबुबाले छोरीलाई बिदाइ गर्दा के दिए?' जब उनले अगरबत्तीको प्याकेट देखिन, तब सासुआमाले बुहारीलाई भनिन्: 'भोलि पुजामा यो अगरबत्ती बाल्नु ।'
बिहान जब छोरी पुजा गर्न बसिन, तब उनले अगरबत्तीको प्याकेट खोलिन, जसबाट एउटा चिठी निस्कियो। चिठीमा लेखिएको थियो ।
"छोरी ! यो अगरबत्ती आफै बल्छ, तर सुगन्धले पुरै घर भरिदिन्छ। यतिमात्र होइन यसले वरिपरिको वातावरणलाई आफ्नो सुगन्धले आनन्दित बनाउँछ ।"
"सायद कहिलेकाही श्रीमानसँग मन खिन्न हुनसक्छ वा सासू ससुरासँग रिसाउन सक्छौं , अथवा देवर आमाजु नन्दहरुसँग रिसाउन सक्छौ या कहिले तिमीलाई कसैको कुरा सुन्नुपर्ने हुन्छ , वा कहिले छिमेकीसँग मन अमिलो महसुस हुनसक्छ । तब तिमी मेरो यस उपहारलाई सम्झने गर्नु र अगरबत्ती झै जलेर आफ्नो घरलाई खुशी राख्ने , आफै सहने अनि आफ्नो व्यवहार र कर्मले श्रीमानको घरलाई सुगन्धित पार्ने गर्नु ।"
चिठी पढेर छोरी रुन थालिन । सासू-आमा आइन ससुरा र श्रीमान पनि पुजा कोठामा पुगे जहाँ बुहारी रोइरहेकी थिइन् ।
के भयो औंला पोल्यो कि क्याहो? यसरी श्रीमानले सोधे।
"के भयो? कम से कम यति त भन" ससुरा बा ले भने ।
सासुआमाले वरिपरि चारैतिर हेर्न थालिन, उनले बुहारीको बुबाद्वारा सुन्दर अक्षरमा लेखिएको चिठी देखिन चिठी पढ्ने बित्तिकै उनले बुहारीलाई अंकमाल गरिन र चिठी ससुराको हातमा सुम्पिदिइन् । चस्मा नलगाएकोले उहाँले चिठी छोरालाई दिएर चिठी पढ्न आग्रह गरे। छोराले पत्र पढेर सुनाएपछि सबैजना स्तब्ध भए।
सासुआमाले भनिन्: "ओहो! यो चिठी फ्रेममा राख्नुपर्छ। यो मेरो बुहारीको माईतबाट पाएको सबभन्दा अमुल्य उपहार हो । यो चिठी पुजा कोठामा नै हुनुपर्छ ।
र सदैव यस् फ्रेमको आफ्नो शब्दले सम्पुर्ण घर र वरिपरिको वातावरणलाई आफ्नो तरिकाले सुगन्धित पारिरहन्छ, बालेको अगरबत्ती सकिएपछि पनि ।
त्यसैले आमाबुबाले आफ्नो छोरीलाई राम्रो संस्कार र शिक्षा दिनुपर्छ । :- कुश यादव