प्राइम खबर संबाददाता | साउन ९, २०७९ सोमबार

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा एक दिने अभिमुखीकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा  सम्पन्न भएको छ । 
आईतबार सम्पन्न सो कार्यक्रम बोल्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनलाई कायमै रहने बताएका छन् । उनले मुलुकमा अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न नव निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । 
यस्तै सोही कार्यक्रमका अध्यक्षतामा गरिरहेका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेशकै पहिलो पार्टी काँग्रेसलाई बनाउले दावी गरेका छन् । नेपाली कांग्रेस नेपालको सबै भन्दा ठूलो समाजवादी–लोकतान्त्रीक राजनीतिक दल हो । त्यसैले आउदो निर्वाचनमा  मधेशमा सबै भन्दा बढी सिट कांग्रेसले नै जित्ने सभापति यादवले दावी गरेका हुन् । 
आईतबार सम्पन्न सो कार्याक्रको अतिथि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का रहेको थियो भने, कार्यक्रमका अध्यक्षतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले गरेका थिए । जनप्रतिनिधिलाई सम्मान एवं अभिमुखीकरण कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादव, आनन्द ढुङ्गाना, जिल्ला सभापति, प्रतिनिधि सभाका सांसद, प्रदेश सभासद, पालिका प्रमुख,  उपप्रमुख तथा वडा अध्यक्ष लगायतको उपस्थिती  रहेको थियो  ।