प्राइम खबर संबाददाता | साउन १३, २०७९ शुक्रबार

काठमाण्डौको  चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो । राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो । भागेर आतङ्क मच्चाएको राँगाेलाई झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।