प्राइम खबर संबाददाता | फागुन ९, २०७७ आइतबार
रौतहट जिल्लाको चन्द्रपुर १ स्थित नुनथर बाट शनिबार अवैध सालको चिरान काठहरु सहित बोलेरो पिक अप डिभिजन बन कार्यालय रौतहटको गस्ती टोलीले बरामद गरेको छ । पौराई सब डिभिजन बन् कार्यालय अन्तर्गत पर्ने सो नुनथर एरिया बाट अवैध रूपले लैजान लागेको बा १६ च २२३३ नम्बरको बलेरो पिकअप भ्यानमा लोड गरेर राखिएको अवस्थामा अवैध सालको तयारी फेन्टा काठहरु बरामद भएको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
बरामद काठको परिणाम लगभग ५३.८ क्युबफीट रहेको डिभिजन बन् कार्यालयले जनाएको छ । उक्त सवारीमा लोड अबस्थामा रहेको काठ ४६ थान चिरान काठ रहेको थियो । विशेष सूचनाको आधारमा सहायक बन् अधिकृत अमर देव प्रसाद यादवको कमाण्डमा खटेको गस्ती टोलीले सो परिमाणको अवैध काठ राति साढे १२ बजेको समयमा बरामद गरेको हो । वरामद काठ तथा गाडी नियन्त्रणमा लिन गस्ती टोलीले केही राउण्ड हवाई फायर समेत गर्नु परेको डिभिजन बन् कार्यालयका प्रमुख विनोद सिंहले बताए । नुनथर एरिया बाट यस अघि पनि मिनीबस प्रयोग गरेर ठूलो परिमाणमा काठ तस्करी हुन लाग्दा बन् गस्ती टोलीले फेलापरी बरामद गरेको थियो ।