प्राइम खबर संबाददाता | भदौ २, २०७९ बिहिबार

 नेकपा माओवादी केन्द्रमा पदाधिकारीको लगभग टुंगो लागेको छ । नेताहरुका अनुसार आज ९बिहीबार० बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् ।
देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् । 
उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना रहेको श्रोतले बताएको छ ।