प्राइम खबर संबाददाता | मंसिर ९, २०७९ शुक्रबार

महोत्तरी क्षेत्र ३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निकटतम प्रतिद्वन्दी जसपा का हरिनारायण यादव सँग २ हजार ५० मत को मतान्तर ले निर्वाचित भएका छन ।
लोसपा अध्यक्ष महन्थ ठाकुर ले १६ हजार ३ सय ७५ मत ल्याई विजयी भएका हुन भने उनका प्रतिद्वन्दी जसपा का हरिनारायण यादव १४ हजार ३ सय २५ मत ल्याएका थिए । त्यस्तै महोत्तरी क्षेत्र ३ प्रदेश क र ख तर्फ पनि लोसपा कै दुवै उम्मेदवार दोश्रो पटक निर्वाचित भएका छन । प्रदेश क तर्फ लोसपा का अभिराम शर्मा ९ हजार ८ सय ९२ मत ल्याई जसपा का दिपेन्द्र झा सँग १ सय ७४ मतको मतान्तर ले विजयी भएका हुन । जसपा का दिपेन्द्र झा ले ९ हजार ७ सय १८ मत ल्याएका थिए । यता प्रदेश ख तर्फ लोसपा कि रानी कुमारी तिवारी ६ हजार ४ सय १४ मत ल्याई स्वतंत्र उम्मेदवार उज्ज्वल कुमार झा सँग ९ सय २५ मतको मतान्तरले विजयी भएकी हुन । स्वतंत्र उम्मेदवार उज्ज्वल कुमार झा ले ५ हजार ४ सय ८९ मत ल्याएका थिए ।