प्राइम खबर संबाददाता | फागुन ९, २०७७ आइतबार

रौतहटको सदमुकाम  गौरमा आईतबार प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको  सरकारको प्रतिगमनकारी कदमको बिरोधमा प्रर्दशन गरिएको छ ।
  नेकपा प्रचण्ड माधब पक्षधरको अखिल नेपाल महिला संघ रौतहटको आयोजना सदरमुकाम गौरमा बिशाल प्रर्दशन गरिएको हो  । प्रर्दशनमा महिला हिसा नियन्त्रण गर्न नसकेको हत्या र बलात्कार जस्ता घटना बारम्बार भैरहेको हुँदा सरकार ले आफ्नो सत्ता स्वार्थमा लिप्त रहेको आरोप महिलाहरुले लगाएका छन् । खड्ग ओलीको प्रतिगमनकारी कदम  सच्याईनु पर्ने माग समेत आन्दोलनकारीको रहेको छ। 



चर्को नाराबाजी सहित सदरमुकाम गौरमा ठूलो संख्यामा महिलाहरु जुलुशमा सहभागी रहेका थिए । उक्त विरोध कार्यक्रममा विघटित प्रतिनिधि सभाका सदस्यद्वय कल्याणी खड्का, सरला यादव तथा महिला नेतृ देबकी नेपाल सहित जिल्लाका विभिन्न स्थानिय तहमा निर्वाचित नेकपा निकट जनप्रतिनिधि महिलाहरुको बाक्लो उपस्थिति रहेको नेकपा रौतहट जिल्ला इन्चार्ज समीर भट्टराईले बताए ।