प्राइम खबर संबाददाता | फागुन ११, २०७७ मंगलबार

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गरेका संसद विघटनको निर्णय सँगै आन्दोलनमा होमिएका कांग्रेसले संसद विघटनको निर्णयलाई बदर गर्दै मंगलबार सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला सुनाएपछि उक्त फैसलाको स्वागत गर्दै रौतहटको चन्द्रनिगाहपुर स्थित तीनकुने चोकमा दीपावली गरेको छ ।



सर्वोच्चको फैसला ऐतिहसिक भएको भन्दै नेपाली कांग्रेस चन्द्रपुरले नेपाली जनताको जित भएको र सन्की शासकको कुचेष्टाका कारण नेपाली जनताले दुःख भोग्नु परेको अवस्थामा अदालतको फैसलाले देशमा संविधानवादको विजय भएको भन्दै दीपावली मनाईएको नेपाली काँग्रेसले जनाएको छ ।

संसद पुनर्बहालीको खुशियालीमा भएको दीपावली एबम् दीपप्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका नेता मुकेश गिरी,नरेश लामिछाने,देवराज कार्की,सुमन गौतम,राजु पराजुली,सुबास कोइराला ,नबराज देबकोटा,सम्भु थापा,संगम श्रेष्ठ लगायत बिभिन्न भातृ संगठनका  नेताहरु एबम् विद्यार्थी नेताहरूको समेत बाक्लो सहभागीता रहेको नेपाली कांग्रेस चन्द्रपुरका युवा नेता कल्याण कार्कीले बताए ।