प्राइम खबर संबाददाता | पुस ४, २०७९ सोमबार

फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् । सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् । बेन्जीमालाई अन्तिममा थपिएको ३० मिनेटको अन्त्य तिर मैदानमा उतारेको भए पेनाल्टी सुट आउटमा अर्जेन्टिनासँग पराजित हुने सम्भावना कम हुने आकलन विश्लेषकहरूको रहेको छ।