प्राइम खबर संबाददाता | असोज ९, २०८० मंगलबार

चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले  आफनो सन्स्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  एक थान कम्प्युटर सेट उपलब्ध गराएको छ । 

सोमबार चन्द्रनिगाहपुर खानेपानी संस्थाको कार्यालय परिसर मा भएको एक कार्यक्रमका बिच बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले समितिका अध्यक्ष किशोर प्रसाद उपाध्याय लाई सामाग्री  हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा समितिका सचिब अबधेश हरि भट्टराई लगयत समितिका अन्य पदाधिकारी तथा ब्यबस्थापक एबम बैंकको तर्फबाट नयाँ शाखा प्रबन्धक सुदिप ढकाल एव्म अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियोे  ।



संस्थाका सचिव अवदेश हरी भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक कोइरालाले बैंकले आर्थिक मात्र नभइ समाजिक कार्य पनि गर्दछ भन्ने यो ज्वलन्त उदाहरण रहेको र यो सहयोगबाट खानेपानी कार्यालयको उपभोक्ता मुखि सेवा संचालन गर्न सघाउ पुग्नेमा बिश्वास व्यक्त गरे। त्यसै गरि समितिका अध्यक्ष उपाध्यायले समितिको आग्रह लाई सहर्ष स्विकार गरि गरिएको यो सहयोगको लागि बैंक लाई धन्यवाद दिदै प्राप्त सामग्रीको उचित प्रयोगको प्रतिबद्धता गर्दै लुम्बिनी बिकाश बैंक चन्द्रनिगाहपुर शाखाको आर्थिक उन्नतिको कामना  एवम सकृय समाजिक उपस्थितिको लागि शुभकामना ब्यक्त गरेका छन् ।

यस अघि पनि लुम्बिनी बिकाश बैंक ले आफ्नो सन्स्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनज्योति क्याम्पस चन्द्रनिगाहपुरका छात्रालाईहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन  सहायोग गरेको थियोे ।