प्राइम खबर संबाददाता | असोज २४, २०८० बुधबार

भ्रष्टाचारमा दोषी ठहर भएका रौतहटको फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना तोकेको छ।
विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए ।
उनीहरु विरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन् ।



लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप मेयर यादवविरुद्ध लागेको थियो ।