प्राइम खबर संबाददाता | असोज २७, २०८० शनिबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।


मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि बहुमत पुगेको हस्ताक्षर लगेर दाबी पेश गरेका थिए । उनले अन्तिम समयमा हस्ताक्षर नपुग्ने भएपछि आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबीच छलफल जारी रहेको भन्दै सनाखत गराउन गएनन् ।