प्राइम खबर संबाददाता | बैशाख ४, २०७८ शनिबार

बाराको सिमरामा सम्पन्न तेश्रो सिमरा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा चन्द्रनिगाहपुरले पाँच पदक प्राप्त गर्न सफल भएको छ । 
प्रदेश नम्बर दुई अन्तर्गत रहेको प्रतियोगिता सिमरामा यही वैशाख ३ देखि ४ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा चन्द्रनिगाहपुर तेक्वान्दो डोजाङका विभिन्न उमेर समूहका पुरुष तथा महिला खेलाडीहरुले उपाधि हात पारेका छन् । 
महिला तर्फको खेलमा ४३ किलो तौल समुहकी कञ्चन खड्काले दोश्रो उपाधी हात पारिन् त्यस्तै ४५ र ३५ किलो तौल समुहकी क्रमश: अनिता राई र अनुसिका बस्नेतले तृतीय स्थान हात पारेकी हुन् । 
प्रतियोगिताको पुरुष तर्फको खेलमा चन्द्रनिगाहपुर  केनिश खड्काले २५ किलो तौल समूहको खेलमा दोश्रो स्थान हासिल गरे भए पर्वत राईले ४० किलो तौल समूहमा तृतीय स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई प्रमाण पत्र तथा मेडल वितरण गरिएको थियो । तेक्वान्दो ले खेलाडीहरूलाई स्वस्थ राख्ने र यसकिसिमका प्रतियोगिताहरुले खेलाडीमा हौसला प्रदान गरेको र भविष्यमा यिनै खेलाडी देशको लागि समेत नाम राख्ने हुन सक्ने प्रबल सम्भावना बोकेका हुँदा स्थानीय सरकारले समेत खेलकुद सँगै तेक्वान्दो लाई समेत विशेष प्रथामिकतामा राखी खेलाडीहरुको निमित्त विशेष योजना बनाउन आवश्यक रहेको चन्द्रनिगाहपुर तेक्वान्दो डोजाङका प्रशिक्षक केशव बहादुुुर खड्काले बताए