न्यूज डेस्क | फागुन २७, २०८० आइतबार

सर्लाही प्रहरीले चार राउण्ड गोली सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले शंकरपुरबाट सोल्टीतर्फ आउदै गरेको वागमती नगरपालिका १० स्थित  नहरमा विआर ३० डब्लु ५८८३ नम्वरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मलंगवा १ भेडियाका कृष्णदेव महराको २१ बर्षिय छोरा पोसन महराको शरिरबाट ८ एमएमको चार राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  ।
बरामद  गोली सहित महरालाई इलाका प्रहरी कार्यालय बरहथवामा अनुसन्धानको क्रममा बताए अनुसार,  वागमती नगरपालिका ८ का विरजु रामको घरमा खानतलासी गर्दा निजका २४ बर्षिय छोरा रंजित रामलाई समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले बताए । दुबै जनालाई हातहतियार खरखजाना ऐन तर्फ मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएका डिएसपी थारुले बताएका छन्  ।