एजेन्सी | बैशाख ५, २०७८ आइतबार

नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा मलेसियालाई पराजित गरेको छ । मलेसियालाई १५ रनले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित हासिल गरेको हो ।नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो । यसअघि, टस जितेर पहिले ब्यटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । प्रतियोगिताको तेस्रो खेलमा भोलि नेपालले मलेसियासँग खेल्नेछ । यस्तै, नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।