न्यूज डेस्क | चैत १६, २०८० शुक्रबार

 'नेपाल ए’- ’आयरल्यान्ड ए’सँगको टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा २१ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल ए १९ ओभर ३ बलमा २०१ रन जोड्दा अलआउट भयो। नेपालको पारीमा लोकेश बमले सर्वाधिक १०६ र आरिफ शेखले ४९ रन जोडे पनि जीतका लागि पर्याप्त भएन। १७ औं ओभरको समाप्तिमा ४ विकेट गुमाएर १९३ रन जोडिसकेको नेपालले त्यसपछिको ३ ओभरमा ८ रन थप्दा बाँकी ६ विकेट गुमाउन पुग्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली आयरल्यान्ड एले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन जोडेको थियो। उसका लागि पिटर मूरले सर्वाधिक ४९ रनको योगदान गरे। नेपालका कमलसिंह ऐरीले ३९ रन खर्चिएर ३ विकेट लिए। बाँकी १–१ विकेट सागर ढकाल र आरिफ शेखका नाममा रह्यो।