प्राइम खबर संबाददाता | बैशाख १६, २०७८ बिहिबार

रौतहट 'खेलकुदमा राज्यको लगानी हुन आवश्यक छ र खेलकुदको माध्यमबाट देशले स्वस्थ् नागरिक उत्पादन गर्न सक्छ' भन्दै विगत दुई दशकदेखि खेलकुदको क्षेत्रमा सक्रिय रूपले लागि पर्दै आएका चन्द्रनिगाहपुरका स्थानीय  अशोक कुमार पहाडी बुधवार  नेपाल खेलकुद महासंघको स्थायी समिती सदस्यमा चयन भएका छन् । 
सदस्य पहाडी नेपाल सीतोरियो कराते संघ रौतहटका अध्यक्ष समेत हुन् । उनले दशक अघिदेखि जिल्लामा स्वयं सेवक प्रशिक्षकको रूपमा करतेका खेलाडीहरूलाई प्रशिक्षण दिँदै आइरहेका छन । पहाडीको प्रशिक्षणबाट जिल्लामा राम्रो खेलाडी उत्पादन भइरहेको स्थानीयहरु बताउछन । राष्ट्रिय प्रतियोगिताहरूमा समेत करातेको तर्फबाट रौतहटले विभिन्न पदक तथा उपाधिहरु हात पार्दै आइरहेको छ । 


पहाडी नेपाल खेलकुद महासंघको  स्थायी समिति सदस्यमा चयन भएसँगै रौतहटको खेलकुदमा नयाँ छलाङ मार्न पहाडीको काधमा चुनौती रहेको र सो चुनौतीलाई अवसरको रूपमा लिई काम गर्न सक्ने क्षमता पहाडीमा रहेको मनोज तिमल्सिना बताउछन । 
उता पहाडी स्थायी समिति सदस्यमा चयन भए सँगै उनलाई सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट बधाई तथा सुभकामनाको ओइरो नै लागेको छ ।