न्यूज डेस्क | असार १४, २०८१ बिहिबार

रौतहट । चन्द्रपुर नगरपालिका अन्तर्गतका वडाहरुमा बिकासको लहरै चलेसंगसंगै सबै वडाध्यक्षहरु पनि आफ्नो वडाको बिकासका लागी प्रतिस्पर्धामा लागेका छन । नगरको समुचित विकाशको लागि लागि परेका चन्द्रपुर नगरपालिकाका नगर प्रमुख आफ्नो पालामा  बिकास र सम्बृद्धि हुदा आफ्नो श्रेय त्यसतर्फ हुने हुदा त्यसतर्फ लागीपरेका हुन् ।



रौतहट जिल्लाकै सफल मेयरको रूपले समेत परिचित चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्ले जनताको सेवा र टोल टोल बिकास गरी समृद्द नगर बनाउनका लागि अहोरात्र लागीपरेको बताउँछन् । आफ्नो कार्यकालमा चन्द्रपुरमा चल्तीका मुख्य र सहायक बाटोघाटो हिलो र धुलो मुक्त हुने बताएका छन । सडक सञ्जाल नै विकास र समृद्धिको आधार रहेको कुरा उल्लेख गर्दै नगरका अधिकांश बाटोमा सडक बत्ती समेत जडान भएका छन् । ५ हजार मेट्रिक टन क्षमताको खाद्य भण्डारको निर्माण र विद्युतीय चार्जिङ स्टेसन मधेश प्रदेश कै गौरवको रूपमा रहेको छ । स्वास्थ्य, कृषि र शिक्षाको क्षेत्रमा नगरपालिकाले उलेख्य मात्रामा प्रगति गरेको छ । बिरामीको सेवा गर्न स्थापना भएको चन्द्रनिगाहपुर अस्पताल विगतमा आफै बिरामी परेको अवस्थामा रहेको थियो । चिकित्सक र औषधि अभाव झेलिरहेको अस्पताललाई नगर प्रमुख काफ्लेले नयाँ उचाई दिएका छन् । हाल अस्पतालमा ५ जना दक्ष चिकित्सक अस्पातलमा कायम छन् भने  दैनिक सय भन्दा बढीले सेवा लिइरहेका छन् । 




चन्द्रपुर नगरका जनताहरू पनि सवल र सक्षम जनप्रतिनिधि पाएकोमा गर्ब रहेको भन्नेहरुको भीड पनि बाक्लै रहेको छ  । जनताको काममा दैनिक खटिदै आएका काफ्ले सभा, समारोह, टोलभेला,सम्मेलन ,पंचायति देखि नगर पालिकाको कार्यालयबाट गरीने कार्यहरु, नीति निर्माण, योजना तर्जुमा, जनमैत्री बजेट, ठूला विकास आयोजनाहरुको, खेलकुद लाई प्रोत्साहन गर्दै आएका छन् । नगरपालिकाका दशै वडामा जनताले जन्म,मृत्यु, बसाइँसराइ, विवाह दर्ता लगायतको  सिफारीस आदि बिभिन्न काममा जनताले कुर्नुपर्ने परिपाटीका घोर बिरोधि हुन् उनी , जनताले चुस्तदुरूस्त सेवा पाउनु पर्छ भन्ने उनको मान्यता रहेको छ । सामाजिक क्षेत्रमा समेत बिशेष ध्यान राख्ने उनी बिशेष शिक्षा,स्वास्थ्य,संचार, खेलकुदको लागी समेत बजेट बिनियोजन हुनुले उनको लोकप्रियता बढ्दो छ ।



युवा युवती, किशोरकिशोरी, बालबालिका, अपाङ्ग,  जेष्ठनागरीक, दलित, जनजाति सबैलाई समेट्ने उनको लक्ष्य र पनि रहेको छ । मिश्रित समुदायको वस्तीरहेको चन्द्रपुर नगरपालिका मा बिपन्न समुदायको लागी सीपमूलक तथा आयमूलक कार्यक्रममा पनि जोड दिन्छन । चन्द्रपुरलाई स्वच्छ र हराभरा पार्न जनस्तरबाटै लागी हातेमालो गरी अघि बढ्ने उनको भनाई रहेको छ । जनताले सिधै भेट्न पाउने र अधिकांश समय पालिकको कार्यालयमा भेटिने गरेका उनी जनस्तरमा लोकप्रियता बन्दै गएका हुन् ।  सबैसँग सुमुधुर संबंध स्थापित गर्नमा अब्बल उनी  नगर प्रमुख हुनु भन्दा पहिले सोही नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका थिए।