प्राइम खबर संबाददाता | जेठ ५, २०७८ बुधबार

काठमाडौं, आज नेपालमा ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या हालसम्म ४ लाख ८० हजार ५ सय २७ पुगेको छ ।

त्यस्तै, आज ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएका छन् ।