प्राइम खबर संबाददाता | जेठ ८, २०७८ शनिबार

 मोरङ पथरी शनिश्चरे नगरपालिकाका तरुण युवाहरु यति बेला जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ तरुणदल कार्यक्रम अन्र्तगत स्वास्थ्य सर्तकता अपनाउदै संक्रमितका घर-घरमा भेटिने गरेका छन् ।

स्थानिय नेपाली काग्रेस तरुणदलमा आवद्ध युवाहरुको समुह नगरपालिका भित्र रहेका सक्रिय संक्रमितको घर-घरमा पुगेर कोरोना सक्रमण बाट बँच्न चेतना फैलाउदै सक्रमितको घरमा सेनिटाइज गर्न व्यस्थ रहेने गरेका छन् ।



महामहारीलाई नियन्त्रण गर्न सरकारको मात्रै मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेको औल्याउदै तरुण युवाहरु सेनिटाइजर छिट्ने र चेताना फैलाउने कार्यमा लागि परेको कार्यक्रमका संयोजक भुपेन रणपहेली बताउनु हुन्छ ।

कोरोना महामाहारीको सकटले सिङगो देश यतिबेला अस्तव्यस्थ बनेको छ । तर सरकार भने सत्ता टिकाउने र कुर्सी बचाउने खेलमा लागेपछि सचेत युवाहरुले नेताको तमासा हेर्नु भन्दा पनि आफ्नो ठाउबाट सक्ने सहयोग गर्दै समुदाय जोगाउने अभियानमा लागि परेको तरुण दल पथरी शनिश्चरेका सभापति सन्तोष कटुवालको तर्क रहेको छ ।

अभियानको पहिलो दिन युवाहरुको समुहले पालिकाका ३० भन्दा बढी सक्रमितको घर र कोरोना रोकथाममा अग्रभागमा रहेको इलाका प्रहरी कार्यालय र टा्रफिक प्रहरी कार्यालय पुगेर सेनिटाइज गरेका छन् भने अभियान अझै केही दिन चल्ने बताइएको छ ।

अघिल्लो वर्ष देखी नै कोरोना रोकथाममा सहयोग गर्दै आएको तरुण युवाको समुहले सवै युवालाई अभियानमा जुट्न आव्हान पनि गरेको छ । 

यतिवेला पथरी शनिश्चरेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ६ पुगेको छ भने १ सय १३ भन्दा बढि सक्रमित भएका छन् जसमा १५ जना कोरोना जित्न सफल छन भने ९१ जना कोरोना सग लडिरहेका छन् ।