प्राइम खबर संबाददाता | भदौ २६, २०७८ शनिबार

पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालको पुरुष टोली १ सय ५१ विजयी भएको छ । 

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाए । 



नेपालका लागि राेहित पाैडेलले अर्धशतकीय पारी खेले । एक सय २३ बल खेलेका राेहितले ८६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले २६ बलमा ४२ रनकाे याेगदान गरे । यसअघि पहिलाे मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे ।