प्राइम खबर संबाददाता | असार २३, २०८३ मंगलबार
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रौतहटका प्रभावशाली युवानेता मुकेश कुमार गुप्ताको चर्चा जिल्ला भर चुलिँदै गएको छ। आसन्न छठ पर्वलाई लक्षित गर्दै व्रत बस्ने व्रतालु विपन्न महिलाहरूलाई एक एक जोर साडी वितरण गरे पश्चात उनको चर्चा चुलिएको हो ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० स्थित रहेका प्रत्येक टोल टोलमा पुगेर विपन्न घरपरिवारलाई एक एक जोर साडी वितरण सहित शुभकामना दिन घर दैलोमा पुगेको नेता गुप्ताको चर्चा चुलिएको माओवादी नेता विन्दा रामले बताएका छन् ।

आईतबार देखि साडी वितरण कार्यक्रम थालेका गुप्ताले सोमबार अबेर साँझसम्म घर दैलो अभियान मै लागेका हुन् । जिल्लामा विभिन्न पालिकाका जनप्रतिनिधिहरुले राज्यको ढुकुटीबाट रकम निकाली साडी वितरणको होडबाजी नै चलिरहेको बेला नेता गुप्ताले भने आफ्नो व्यक्तिगत लगानीमा सहयोग गर्दै आएको हुँदा उनको चर्चा चुलिएको हो ।

आईतबार बाट सुरु गरेका गुप्ताले सोमबार अबेर सम्म नेकपा माओवादी केन्द्र चन्द्रपुर वडा नम्बर १० वडा समितिको समन्वय र युवानेता गुप्ताको व्यक्तिगत सहयोगमा वडाका माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागितामा छठ पर्वको अवसरमा शुभकामना सहित उपहार स्वरूप साडी वितरण गरिएको युवानेता गुप्ताले बताएका छन् । नेता गुप्ताको चर्चा परिचर्चा चल्न लागेपछि सो पार्टीका प्रदेश सदस्य देबकी नेपाल समेत उनलाई हौसला प्रदान गर्न १० नम्बर वडा पुगेकी थिईन् उनले समेत महिलाहरूलाई शुभकामना व्यक्त गर्दै केही थान साडी समेत वितरण गर्दै आउँदै गरेको चिसो मौसममा चिसो र शीत लहरबाट बाँच्न न्यानो कपडा,कम्बल लगाएको सहयोग गर्न तत्पर रहेको र सो पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको नेता गुप्ताले जानकारी दिएका छन् ।

तीनसय ३० भन्दा बढी घर परिवारलाई साडी वितरण गरेका नेता गुप्ता विद्यार्थी राजनीति देखि नै सक्रिय राजनीतिमा लागेका जिल्लाका प्रभावशाली युवानेता को रूपमा परिचित छन् । पार्टीमा समेत राम्रो पकड बनाएका नेता गुप्ता सामाजिक कार्यमा अग्रसर मानिने हुँदा सो वडामा समेत उनको पकड राम्रो रहेको हुँदा आफ्नो वडामा यस किसिमका शिक्षित,कर्मठ,युवा,समाजसेवी,विकासप्रेमी जनप्रतिनिधि भए वडाको समग्र विकाशमा आमूल परिवर्तन आई विकसित वडाको रूपमा स्थापित हुने आँकलन आफ्नो रहेको स्थानीयहरु बताउँछन् ।

उक्त घरदैलो शुभकामना कार्यक्रमममा वडा अध्यक्ष प्रत्यासी लक्ष्मी साह, दशरथ झा,विगु पासवान,विन्दा राम,उमेश साह,विजय चौधरी,गजाधर महत्तो लगायत विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको नेता गुप्ताले जानकारी दिएका छन् ।