एजेन्सी | कात्तिक २५, २०७८ बिहिबार

अस्ट्रेलिया टी-२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ | 
बिहीबार दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो |अब उपाधिका लागि अस्ट्रेलियाले आगामी आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो | अस्ट्रेलियाको जितमा मार्कोस स्टोइनिसले नटआउट ४० रन र म्याथ्यु वेडले नटआउट ४१ रन जोडेका थिए । वेडले १९ ओभरको अन्तिम ३ बलमा पाकिस्तानका शाहीन शाह अफ्रिदीलाई लगातार तीन छक्का प्रहार गरेर थिए |
वेड र स्टोइनिसबीच छैटौं विकेटका लागि ८१ रनको साझेदारी भएपछि अस्ट्रेलियाले जित हात पारेको हो |