प्राइम खबर संबाददाता | चैत १६, २०७८ बुधबार

चन्द्रनिगाहपुर स्थित जन ज्योति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन द्वारा आयोजित जन ज्योति प्रिमियर लिग (जेपीएल) को उपाधि सोही क्याम्पसको दोश्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले जितेका छन् । 
चैत्र १३ गतेबाट सुरु भएको उक्त क्रिकेट प्रतियोगिताको सातौं संस्करण अन्तर्गतको उपाधिका लागि फाइनलमा कक्षा १२ मा अध्यनरत बिधार्थी हरुलाई ४८ रनले हराउदै स्नातक दोश्रो वर्षले उपाधि जितेको हो । आठ वटा टिम सहभागी रहने उक्त प्रतियोगिता स्ववियुले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ । क्याम्पसमा अध्यरत विद्यार्थीहरुलाई  गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आइरहेको स्ववियुले  अघिल्लो वर्ष कोरोना महामारीको कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको हुँदा यसपाली सातौं संस्करण आयोजना गरिएको जन ज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले बताए । 


बुधबार सम्पन्न फाइनल खेलमा स्नातक दोस्रो वर्षले  उत्कृष्ट प्रदर्शन गर्दै कक्षा १२ को टोलीलाई हराउदै फाइनलको यात्रा तय गरेको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि मो. कमराज घोषित भएका छन् भने वेस्ट बलरमा रवि पटेल, वेस्ट व्याट्स म्यानमा मो. कमराज, उत्कृष्ट किपर सूरज पटेल घोषित भएका छन् । विजेता खेलाडी र उप विजेता खेलाडीहरुलाई आयोजकले नगद र ट्रफी सहित सम्मान गरेको छ । 




बुधबार सम्पन्न भएको प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेसका नेता एवम् प्रदेश सभा सदस्य धनलाल ठोकरले विजेता खेलाडीलाई नगद तथा ट्रफी सहित विद्यार्थीहरुको खेलको उच्च प्रशंसा गर्दै बधाई समेत दिएका छन् ।  कार्यक्रममा सभापति संगम श्रेष्ठ, नेपाल विद्यार्थी संघका नेता श्यामहरी चौलागाईं, गोपाल हुमागाईं, प्रल्हाद  मैनाली , आश्विन उपाध्याय,सन्दिप मैनाली, नौसाद आलम,प्रकाश रजक,विकल कार्की,आकाश खरेल, मात्रिक चौलागाईको आथित्यतामा रहेको थियो भने प्रतियोगिता अवधिभर बाल कलाकार रोचक कार्कीले रोमांचक  उद्घोषण गरेर प्रतियोगितालाई नै उत्कृष्ट मनोरञ्जन दिलाएका  थिए ।