प्राइम खबर संबाददाता | चैत २२, २०७८ मंगलबार

प्रेमचन्द्र झा

 नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन नरहेको ठोकुवा गरेका छन्। सोमबार रौतहटको मौलापूरमा सुशासन पार्टी जिल्ला समिति द्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खरेलले ' म तत्कालिन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो ।‘ हिन्दु संध बिरगंजको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको दोहर्याउदै उनले भने ' हत्यारा, भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको’ दाबी अध्यक्ष खरेलको रहेको थियो ।



पुर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको अध्यक्षतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिकाका मेयर प्रत्यासी आर सि यादव ,जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताले मौलापूर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरि कडा कार्वाही गर्न सम्बन्धित निकाय संग जोडदार रुपमा माग समेत गरेका छन् ।

सोही कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि सुशासन पार्टी प्रवेश गर्नेलाई अध्यक्ष खरेलले फूलमाला सहित टिका लगाई पार्टी प्रवेश गराएका छन् । पछिल्लो समय सो पार्टीले भ्रष्टाचार, अनियमितता बिरुद्ध जोडदार रूपमा विरोध गर्दै कानुनी राज्यको पक्षमा वकालत गर्दै आइरहेको छ ।