प्राइम खबर संबाददाता | मंसिर ९, २०७९ शुक्रबार

रुपन्देही १ मा एमालेका छबिलाल बिश्वकर्मा बिजयी
बुटवल ।  रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्य पदमा छबिलाल विश्वकर्मा निर्वाचित भएका छन्। नेकपा एमालेका केन्द्रिय सचिब,लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका विश्वकर्माले लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३५६४  मतले पराजित गर्दै विजयी भएका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरेका छन् भने  भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
त्यस्तै प्रतिस्पर्धामा रहेका नागरिक उनमुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६,राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले १४ हजार १३८ र स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले  ३४ सय ८८ मत प्राप्त गरेका छन्।