प्राइम खबर संबाददाता | मंसिर १०, २०७९ शनिबार

जनकपुरधाम ।  सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् ।

यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए । महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्त गठबन्धनले यादवलाई साथ दिएको थियो ।