सन्तोष काफ्ले | मंसिर १५, २०७९ बिहिबार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
भेटघाटमा दुबै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा.राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी र्शीजना गर्ने लगायतका एजेण्डा उठाएको राउतको सचिवालयले जनाएको छ।
जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिएका छन् ।
दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा पुगिएको अवस्था नरहेकाले थप छलफल गर्ने सहमति भएको जनमत पार्टीका नेता बीपी साहले बताए।