प्राइम खबर संबाददाता | मंसिर २९, २०७९ बिहिबार

साविक विजेता फ्रान्स  विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार मध्यराति भएको  सेमिफाइनल खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले फाइनलमा  स्थान सुरक्षित गरेको हो।  

अल बायट स्टेडियममा भएको खेलमा फ्रान्सलाई जिताउन  खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमै  गोल गरे र जित सुनिश्चित भयो । 

खेलमा मोरक्को र फ्रान्स दुवैले केही राम्रा अवसर पाए पनि गोल भने गर्न सकेका थिएनन्। मोरक्कोले कयौं अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेन् । फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ।