न्यूज डेस्क | चैत १४, २०८० बुधबार

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित बल्लेरी टोलमा  श्रीमान श्रीमतीबीच विवाद हुँदा श्रीमानले कचिँयाले रेटेर श्रीमतीको हत्या गरेका छन् ।  बल्लेरी पूर्बटोलका ४३ वर्षीय तीर्थमान वाइवाले कचिँया (हसिँया)ले रेट्दा  उनकी श्रीमती अन्दाजी ३५ वर्षीय सेतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको हो । बुधबार दिउँसो खेतमा घाँस काट्न गएका श्रीमान श्रीमतीबीच विवाद हुँदा श्रीमान तीर्थले हसियाले  घाँटी रेटेर श्रीमतीको  हत्या गरेका थिए ।
स्थानियका अनुसार श्रीमतिको हत्या गरेर आएका तीर्थमानले अत्याधिक मदिरा सेवन समेत गरेका थिए । श्रीमान श्रीमतीको विवाद हुँदा आफूले श्रीमतीलाई हसियाले घाँटी रेटी हत्या गरेको भन्दै गाउँमा आएर भनेका थिए ।

 श्रीमतीको हत्या गरेको बताउदै मदिराले लठ्ठ तीर्थमानले घरको आँगनमा आएर आफ्नै घाटीको देब्रेतर्फ आफैलाई हसियाले रेट्दा  गम्भीर घाइते भएका छन् । आफ्नै घाटीमा हसियाले रेटेर अत्याधिक रक्तस्राब भई गम्भीर घाइते तीर्थमानको अहिले चन्द्रनिगापुरस्थित सिभिल ह्युमन अस्पताल एण्ड रिसर्च प्रालीमा उपचार भइरहेको प्रहरी स्रोतले बताएको छ । निकै आक्रमक देखिएका तिर्थमानलाई उपचारका लागी एम्बुलेन्स मार्फत स्थानियले सिभिल अस्पताल पुर्याएका थिए । स्थानीयको खबरपछि घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भइरहेको  प्रहरीले सा्रेतले बताएको छ ।