एजेन्सी | पुस ३, २०७९ आइतबार

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फाइनल खेलअघि हुने समापन कार्यक्रममा भारतीय अभिनेत्री नोरा फतेहीले नृत्य गर्ने भएकी छिन्।  नेपाली समयअनुसार बेलुकी ६:४५ बाट सुरु हुने उक्त समारोहमा हुने सांस्कृतिक कार्यक्रममा नोराकोसमेत प्रस्तुति रहने बताइएको छ। आइतबारको राति विशेष हुने उल्लेख गर्दै फिफाले विश्वका चर्चित कलाकारसँग नोराकोसमेत नृत्य रहने ट्विटरमार्फत् सार्वजनिक गरेको छ। संगीतकार डेभिडो र आइशाका साथै गायक ओजुना र र्‍यापर गिम्स,  बालक्वीज, रहमा रिया र मनालको प्रस्तुति रहने भनिएको छ। आइतबार विश्वकप २०२२ अन्तर्गतको अन्तिम खेल हुँदैछ। फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन्।